Bhojraj Timalsina

bhojraj

फूल खेतीमा नलागेको भए काभ्रे जनागालका ३३ वर्षीय भोजराज तिमल्सिना यतिखेर खाडी मुलुकमा ज्याला मजदुरी गर्दै हुन्थे होलान ।
देशमै बसेर केही न केही गर्नु पर्छ । विदेश गएर के नै गर्न सकिन्छ  र भनेर पत्नी मन्जुले सम्झाए पछि दुवै जना मिलेर जनागालमै फूल खेती गर्न थालेका हुन । शुरु शुरुमा यी दम्पतीलाई बजार नै नभएको फूल खेती गरेको भनेर गाउँलेले कम्ति गिज्याएनन् ।
चाडबाडका लागि बारीमा फूलका केही विरुवा रोप्ने चलनलाई छाड्दै जे पर्ला पर्ला भनेर आँट गरेको थियौ ।  ६ महिना सम्म त विरुवा हेर्दै टोलाउँदै बस्यौं तिमल्सिना दम्पती भन्छन् । फूलको नाम र जात समेत चिन्न सक्ने थिएनौं ।
५ वर्ष अघि विन्धवासिनी बचत सहकारी संस्था लि.को लघुवित्त कार्यक्रमबाट विना धितोमा मन्जुले लिएको ५० हजार ऋणर थौरै ज्ञानले शुरु भएको फूल खेती अहिले उनीहरुको जीवन निर्वाहको भरपर्दो माध्यम बन्न पुगेकोछ ।
भाडाको जग्गा लिएर एउटा टनेलमा सुरु भएको तिमल्सिना दम्पतीको फूलखेती अहिले विस्तार भएर ८ वटा टनेलमा पुगेकोछ । पहिलो पटकको लगानी त्यही वर्षमै उठे पछि उनीहरु हौस्सिएका थिए । यी टनेलमा कटफ्लावरका कार्नेसन, जर्बेरा र लिमोनियम प्रजातिका बहुवर्षीय फूलको खेती हुन थालेकोछ । भाडाकै ४ रोपनी जग्गामा कार्नेसनका १३ हजार, जर्बेरा र लिमोनियमका १५÷१५ सय विरुवा मज्जाले हुर्किरहेकाछन् ।
राम्ररी फूल फुलाउन आफै खट्नुपर्ने उनीहरुको अनुभव छ । हरेक दिन फूलमा पानी मल दिन जाँदा एक एक बोट चिन्न सकिन्छ ।  कुन बोट कस्ता अवस्थामा हुर्किदैछ कुनमा रोग किरा लागेकोछ ध्यान दिनुपर्छ मन्जु भन्छिन् । जिल्ला स्थित कृषि विकास कार्यालयले समेत फूलखेतीको प्रवद्र्धनमा सहयोग नगरेको उनले गुनासो गरिन् ।
वित्तीय सहयोगका लागि पटक पटक  बैक धाएका भोजराज पनि बैकको व्यवहारप्रति दिक्क भएको अनुभव सुनाउँछन् । जनताको लागि खोलिएको हो भनेर बैक त कति धाइयो । पटक्कै पिच्छे फोन नं. दिनोस् हेर्न आउँला भन्थे । आएनन् उनले भने । हामी जस्ता साना व्यवसाय गर्ने ाई बैकले नपत्याउने रहेछ भन्ने निष्कर्ष निकालेर बिन्धवासिनी बचत सहकारी संस्थाबाट थप १० लाख ऋण लिएर खेती गर्दै आएको उनले बताए ।
दैनिक २ जना कामदार सहित मन्जु फूलखेती गरिएका टनेलको रेखदेख गर्छिन । उनका पति भोजराज दिन विराएर फूल बेच्न सहर जान्छन् । काभ्रेमा फूल फुलाइएका फूलको बजारको जिम्मा भने काठमाण्डौका तीन वटा थोक व्यापारीले लिएकाछन् । थोक व्यापारीले हरेक हप्ता विक्री भएको फूलबाट १० प्रतिशत कटाएर बाँकी रकम उनीहरुलाई भुक्तानी दिने गरेकाछन् ।
बधाई दिन, स्वागत र विदाइमा, शुभकामना आदनप्रदान गर्न, होटल, रेस्टुरेन्ट ट्राभल एजेन्सी, बैक, दुतावास आदिमा सजाउन फूलको प्रयोज बढ्दै गएको भोजराजको अनुभव छ । फूलको प्रमुख बजार काठमाण्डौ नै हो । १५ दिनसम्म ताजै रहने भएकोले होटलहरुमा भने कार्नेसनको अत्याधिक माग छ भोजराजले भने ।
फूलले पनि हामीलाई पाल्न थाल्यो, दुबै दम्पतीले कटफ्लावर मध्येको उत्कृष्ट कार्नेसन जातिको फूलखेती गर्ने मुलुक भरमा १८ जना मात्र छन् । भोजराजको गन्ती समेत यिनै भित्र परेकोछ ।
हाल सम्म तिमल्सिना दम्पतीमा करीव १५ लाख रुपैयाँ लगानी गरिसेकाछन् भने मासिक आम्दानी करीब १ लाख रुपैयाँ सम्म गर्न सफल भएकोछन् ।