Santosh Koirala

मेरो नाम सन्तोष कोईराला हो । मेरो जम्म बि.सं २०३० चैत्र ३० गते काभ्रेको कुशादेवीमा मध्यम बर्गिय परिवारमा भएको हो । बुवाको ७ सन्तान मध्ये म काईली छोरी हु । हाम्रो ९ जनाको परिवार थियो । २०३२ सालमा हामी सबैजना पनौती आएर बसोबास गर्न थाल्यौ । हाम्रो पनौतीमा फर्निचर थियो बुवा फर्निचरमा काम गर्नु हुन्थ्यो र चिया पसल पनि थियो र आमाले पसल चलाउनु हुन्थ्यो । त्यसैको आम्दानीले घर खर्च हामी सबैको पढाई लेखाईलाई पु¥याउनु पथ्र्यो । मैले श्री ईन्द्रेश्वर मा.बि पनौतीबाट २०४६ सालमा एस.एल.सी. परिक्षा उतिर्ण गरे । त्यसपछि पनि मलाई अरुले जस्तै कलेज गएर पढ्ने र केही गरेर देखाउछु भन्ने भाबना जागेको थियो तर के गर्नु त्यस बेलाको परिस्थिती समय र आर्थिक स्थितिले गर्दा मैले आफ्नो पढाईलाई निरन्तरता दिन सकिन, घरमा मेरो बिहेको कुरा चल्न थाल्यो र बाध्यता बस मैले २०४७ साल बैशाख १५ गतेका दिन खोपासी स्थित रामेश्वर कोईरालासंग बिवाह बन्धनमा बाधिनुप¥यो । घरमा म मेरो श्रीमान् लगाएत १० जनाको परिवार बस्थ्यौ । जेठाजुको एउटा सानो किराना पसल थियो । खेतीपाती गाईको दुधको आम्दानीले घर खर्च धान्नु पथ्र्यो । मलाई खेतिपातीको काम केहि गर्न आउदैनथ्यो । बिस्तारै अलिअलि गरी काम सिक्दै गए । श्रीमान्को जागिर पनि थिएन दाजु भाईको जात सँगै बसेर पनि नसकिने रहेछ र २०४८ सालमा हामी भिन्नै बस्न थाल्यौ । बुढी आमा दमको रोगि हुनुहन्थ्यो, आमालाई हाम्रो चिन्ता थियो, आमाको उपचार खर्च धान्न हामीलाई सारै कठिन परेको थियो । त्यसपछि २०५१ सालमा हामी खोपासीमा तरकारी पसलको सुरुवात गर्यौ, एक बर्ष जति भएपछि खासै उपलव्धि नभएको जस्तो लागेर हामीले होटल राख्ने निर्णय गर्यौ र गाउँकै व्यतिmबाट १० हजार ऋण लिएर हामीले चिया, नास्ता खाना आदि सबै थोक राखेर हाटेल खोल्यौ । त्यसबाट राम्ररी आम्दानी हुन थाल्यो, घरमा खसी बोका पनि पालेका थियौ । त्यसले गर्दा १ बर्षमा नै ऋण पनि तिरी सक्यौ । यसरी नै दिन बित्दै गए र गाउँका महिला दिदि बहिनीहरु मिलेर एउटा समुह गठन गर्ने निर्णय गर्यौ र २०५८ सालमा हामी ४० जना महिला दिदी बहिनी मिलेर मयलबोट आमा समुह भन्ने नाम दिएर एउटा समुह खोल्यौ । त्यसको बैठक प्रत्येक महिनाको ६ गते मेरै घरमा बस्न थाल्यौ । त्यसमा दलित महिला बिपन्न महिलाहरुलाई प्रथम प्राथमिकता दिएरै उनिहरुको आर्थिक स्थिति अनुसार रु २५ बाट हामीले बचतको सुरुवात गर्यौ । बचत त गरियो अब त्यो पैसा कहाँ लगेर राख्ने भन्ने बारे छलफल गरेर बिन्धबासिनीमा लगेर खाता खोल्यौ । यस संस्थाले बिपन्न दलित महिला दिदि बहिनीलाई लक्षित गरेर लघुबित कार्यक्रम सुरु गरेको थाहा पाएर हामीले पनि आफ्नो समुह दर्ता गरायौ ।बिभिन्न आयमुलक ,सिपमुलक,तालिम प्राप्त गर्यौ । समुह राम्रोसँग चलाए बापत हाम्रो समुह पुरस्कृत पनि भयो । सबैलाई हौसला बढ्यो । हामिले बचत बढाएर मासिक  रु १०० जम्मा गर्न थाल्यौ । पहिला हामीलाई ५÷१० हजारको खाँचो पर्दा साहुकहाँ गएर चर्को व्याज तिरेर कर्जा लिन बाध्य थियौ तर हामी यस संस्थामा बसेपछि  ५० हजारसम्म सजिलैसँग समुह जमानीमा ऋण लगानी भैरहेको छ ।
मैले पनि यस संस्थाबाट ऋण लिदै, आफ्नो पसलमा लगानी गर्दै अहिले पसलको आम्दानीले मेरो ४ वटी छोरीहरुलाई राम्रै स्कुलमा पढाएर, घर खर्च पु¥याएर मासिक किस्ता तिरेर बिन्धबासिनीमा दैनिक बचत रु १००० पनि गर्ने गरेको छु । त्यसको अलावा घरमा गाईको दुध बेचेर पनि गर्ने गरेको छु । खसी बोका पालेको छु । श्रीमानले पनि सबै काममा मद्धत गर्नु हुन्छ । यदि बिन्धबासिनीले लघुबित्त कार्यक्रम नल्याई दिएको भए हामी जस्ता आर्थिक स्थिति कमजोर हुनेहरुले त सधै साहुसँग चर्को व्याजदरमा ऋण लिएर व्याजै मात्रै कहिल्यै तिर्न सकिदैनथ्यो । साँवा पैसा त जस्ताको तस्तै बाँकी रहन्थ्यो यस्तो लघुबित कार्यक्रम ल्याएर बिपन्न महिलाको जिबनस्तर बढाउन सहयोग पु¥याउने यस संस्थालाई म आफ्नो र समुहको तर्फबाट  मुरी मुरी धन्यबाद दिन चाहन्छु  र संस्थाले ऋण दिदा , उसको आर्थिक स्थिति कस्तो छ, घर परिवारमा सल्लाह भएको छ छैन, ऋणको सही सदुपयोग भएको छ कि छैन कस्तो काममा प्रयोग गर्न लागेको हो भन्ने सबै जानकारी लिएर मात्र ऋण लगानी गरेकोले संस्थापनि सफल भयो र हामी जस्ता लघुबित्त समुहमा  आबद्ध महिला पनि सफल भएका छौ । आर्थिक स्थिति तिर्ने क्षमता हेरेर अहिले ऋण रकम बढाएर रु १ लाखसम्म पु¥याएमा हामी दिदीबहिनीहरुलाई अहिलेको भन्दा अलि ठुलो कार्य गर्न सरल हुने थियो । मैले अहिले  धितोमा ऋण लिएर एउटा सानो पक्कि घर बनाएको छु । त्यही पसलकै आम्दानीले महिनामा ब्याज साँवा गरी तिर्दै आएको छु । यस संस्थाले गर्दा अहिले म र मेरो परिवारलाई जिबिका चलाउन धेरै सजिलो भएको छ । सदस्यहरुको हितलाई ध्यानमा राखेर यस संस्थाले यस लघुबिमा, विभिन्न राहत कार्यक्रमको पनि व्यबस्था गरेकोले महिला दिदीबहिनीहरुलाई धेरै कुराको सुबिधा भएको छ ।