0%
लोड हुँदैछ...

हाम्रो परिचय

हामी समुदायमा आधारित एक अग्रणी वित्तीय संस्था हौं जसले आफ्ना सदस्यहरूलाई विभिन्न वित्तीय सेवाहरू प्रदान गर्दै सहकारिताको भावनालाई प्रवर्द्धन गर्दै आइरहेको छ।

२०७५
फोटो उपलब्ध छैन — कृपया फोटो थप्नुहोस्

हाम्रो इतिहास

हाम्रो सहकारीको समुदायको सेवामा समृद्ध इतिहास छ। वित्तीय समावेशीताको दृष्टिकोणका साथ स्थापित, हामी हाम्रो क्षेत्रमा सबैभन्दा विश्वसनीय वित्तीय संस्थाहरू मध्ये एक बन्न विकसित भएका छौं।

हाम्रो उद्देश्य

दृष्टि र लक्ष्य

हाम्रो दृष्टिकोण

“गुणस्तरीय, व्यावसायिक तथा दिगो वित्तीय सहकारी संस्था”

हाम्रो लक्ष्य

“सहकारी मूल्य र मान्यतामा आधारित आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै गुणस्तरीय वित्तीय तथा गैर-वित्तीय सेवामार्फत सदस्यहरूको जीवनस्तर उकास्ने।”

नेतृत्व

नेतृत्वबाट सन्देश

हाम्रो अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतका शब्दहरू

Shanta Kumar Shrestha

Shanta Kumar Shrestha

अध्यक्ष

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (BISCOL) को आधिकारिक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु।

काभ्रेपलाञ्चोक जिल्लाका करिब ४५,००० सदस्यहरूको प्रतिनिधित्व गर्ने हाम्रो संस्था सदस्यहरूको आर्थिक, सामाजिक तथा व्यावसायिक समृद्धिका लागि निरन्तर समर्पित रहँदै आएको छ। सदस्यहरूको विश्वास, सहभागिता र सहकार्य नै हाम्रो संस्थाको सबैभन्दा ठूलो शक्ति हो।

हामीले आगामी तीन वर्षका लागि तय गरेको रणनीतिक मार्गदर्शनलाई आधार बनाउँदै संस्थालाई अझ सुरक्षित, सक्षम, उत्तरदायी र दिगो बनाउने दिशामा अघि बढिरहेका छौँ। हाम्रो मूल दृष्टिकोण “सुरक्षित, सबल र दिगो साकोस” रहेको छ।

यस दृष्टिकोणलाई व्यवहारमा रूपान्तरण गर्न संस्थागत सुशासन, वित्तीय अनुशासन, पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता तथा सदस्यकेन्द्रित सेवामा विशेष जोड दिन आवश्यक छ। साकोस अभियानलाई संस्थागत, व्यावसायिक र अनुशासित बनाउँदै दिगो विकासको शिखरमा पुर्‍याउन सञ्चालक समिति, कर्मचारी, सदस्य तथा सम्पूर्ण सरोकारवालाहरूको एकीकृत प्रयास र सहकार्य अपरिहार्य छ।

बदलिँदो आर्थिक तथा सामाजिक परिवेशसँगै सदस्यहरूको आवश्यकता र अपेक्षासमेत परिवर्तन भइरहेका छन्। त्यसैले आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय वित्तीय सेवा, प्रभावकारी जोखिम व्यवस्थापन र नवीनतम सेवामार्फत सदस्यहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो प्रतिबद्धता रहेको छ।

हाम्रो संस्थाको समृद्धि केवल संस्थाको समृद्धि होइन; यो हाम्रा हजारौँ सदस्य, परिवार तथा समग्र समुदायको समृद्धिसँग जोडिएको विषय हो। यही विश्वासका साथ विश्वास, एकता, अनुशासन र सहकार्यलाई आत्मसात् गर्दै “सुरक्षित, सबल र दिगो साकोस” निर्माण गर्ने हाम्रो यात्रामा सबैको निरन्तर साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछु।

अन्त्यमा, बिन्धवासिनी साकोसप्रति विश्वास र निरन्तर साथ दिनुहुने सम्पूर्ण सदस्य, शुभेच्छुक, कर्मचारी, सञ्चालक तथा सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।

धन्यवाद।

K.B. Lama Syangtan

K.B. Lama Syangtan

प्रमुख कार्यकारी अधिकृत

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (BISCOL) सदस्य, समूह तथा समुदायमा आधारित वित्तीय सहकारी संस्था हो। अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात् गर्दै संस्थाले आफ्ना सदस्यहरूको सामाजिक तथा आर्थिक उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

सदस्यहरूको आवश्यकता, चाहना र अपेक्षालाई केन्द्रमा राखी नवीन तथा प्रभावकारी वित्तीय एवं गैर-वित्तीय सेवाहरूको विकास तथा विस्तार गर्नु हाम्रो प्रमुख प्रतिबद्धता हो। हाल संस्थाले ६ वटा बैंकिङ कार्यालय, ४ वटा सेवा केन्द्र तथा दुर्गम क्षेत्रसम्म फैलिएका ९११ वटा माइक्रोफाइनान्स समूहहरूमार्फत आफ्ना सदस्य तथा समुदायलाई सेवा प्रदान गर्दै आएको छ।

हाम्रो प्रतिबद्धता

प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहँदै म सम्पूर्ण सदस्य, सञ्चालक समिति तथा व्यवस्थापन समूहप्रति संस्थालाई नेपालको प्रचलित कानून, सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त तथा मूल्य–मान्यता अनुरूप सञ्चालन गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र व्यावसायिकता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

असल सुशासनमार्फत कर्मचारीहरूमा स्वप्रेरणा, जिम्मेवारीबोध र उच्च उत्पादकत्व अभिवृद्धि गर्दै सदस्यहरूले उत्कृष्ट, प्रतिस्पर्धी तथा पहिलो रोजाइका वित्तीय एवं गैर-वित्तीय सेवाहरू प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु हाम्रो लक्ष्य हो। यसबाट समुदायमा आधारित संस्था सुरक्षित, सबल, दिगो र उत्कृष्ट वित्तीय संस्थाका रूपमा स्थापित हुने विश्वास लिएको छु।

त्यसैगरी, सदस्यहरूमा संस्थाप्रतिको स्वामित्व भावना अभिवृद्धि गर्ने, उपसमितिहरूलाई थप सक्रिय र प्रभावकारी बनाउने, सञ्चालक समितिबाट प्रभावकारी निर्णय गराउने तथा ती निर्णयहरूलाई दक्ष, नवीन, स्वप्रेरित र पूर्ण जिम्मेवारीबोधका साथ व्यवस्थापन समूहबाट कार्यान्वयन गर्ने कार्यमा म नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु।

उत्कृष्ट सेवातर्फको हाम्रो यात्रा

हामी आफ्ना सदस्यहरूलाई निष्पक्ष, पारदर्शी, विशिष्ट तथा पहिलो रोजाइका वित्तीय र गैर-वित्तीय सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ। दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्नु, अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूलाई निरन्तर अद्यावधिक गर्नु र तिनलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नु चुनौतीपूर्ण भए तापनि हाम्रो व्यवस्थापन समूहले ती चुनौतीहरूलाई अवसरका रूपमा ग्रहण गर्दै अघि बढिरहेको छ।

आज हामीले धेरै चुनौतीहरू पार गर्दै सदस्यहरूलाई उत्कृष्ट, सुरक्षित र सबल वित्तीय सेवा प्रदान गर्ने क्षमता विकास गरेका छौँ। यस उपलब्धिका पछाडि हाम्रो समर्पित व्यवस्थापन समूहको मेहनत, नवीन सोच, स्वप्रेरणा, जिम्मेवारीबोध र परिणाममुखी कार्यशैली रहेको छ। संस्थाको दृष्टिकोण, ध्येय तथा दीर्घकालीन लक्ष्यहरू प्राप्त गर्न प्रतिबद्ध व्यवस्थापन समूहप्रति म गर्व गर्दछु।

हार्दिक आभार

BISCOL को निरन्तर विकास र प्रगतिका लागि विश्वास, साथ, सहयोग र मार्गदर्शन प्रदान गर्नुहुने सम्पूर्ण सदस्यहरू, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरू, ACCU, NESFSCUN, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, डिभिजन सहकारी कार्यालय, काभ्रे तथा अन्य सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।

त्यसैगरी, संस्थाको लक्ष्य प्राप्तिका लागि निरन्तर नवीन सोच, स्वप्रेरणा, उत्साह, अनुशासन र जिम्मेवारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्दै आउनुभएको सम्पूर्ण व्यवस्थापन समूह तथा कर्मचारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु।

हामी सबैको सामूहिक प्रयास, विश्वास, सहकार्य र प्रतिबद्धताबाट BISCOL लाई अझ सुरक्षित, सबल, दिगो, सदस्यकेन्द्रित र समुदायको पहिलो रोजाइको वित्तीय सहकारी संस्थाका रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गर्दछु।

धन्यवाद।

मूल्यहरू

हाम्रो मूल मान्यताहरू

इमानदारिता
पारदर्शिता
सहयोग
उत्कृष्टता
समिति

सञ्चालक समिति

हाम्रो संस्थाको नेतृत्व गर्ने समिति

Ramhari Sharma Timalsina
उपाध्यक्ष
Dorendra Raj Sapkota
सचिव
Bhim Bahadur Khatri
Treasurer
Lokdarsan Karmacharya
Member
Punam Ghimire
Member
Keshab Thapa
Member
Buddhimaya Lama
Member
Sunita Dhital
Member
Jamuna Khadka
Member
५०००+
सदस्यहरू
२०+
वर्षको अनुभव
१०+
सेवाहरू
९९%
सन्तुष्ट ग्राहक
?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्