Shanta Kumar Shrestha
अध्यक्षबिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (BISCOL) को आधिकारिक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु।
काभ्रेपलाञ्चोक, काठमाण्डाै, भक्तपुर र ललितपुर जिल्लाका करिब ६२,००० शेयर सदस्यहरू र १२,६०५ सहिहत ७३,७६१ जनाको प्रतिनिधित्व गर्ने हाम्रो संस्था सदस्यहरूको आर्थिक, सामाजिक तथा व्यावसायिक समृद्धिका लागि निरन्तर समर्पित रहँदै आएको छ। सदस्यहरूको विश्वास, सहभागिता र सहकार्य नै हाम्रो संस्थाको सबैभन्दा ठूलो शक्ति हो।
हामीले आगामी तीन वर्षका लागि तय गरेको रणनीतिक मार्गदर्शनलाई आधार बनाउँदै संस्थालाई अझ सुरक्षित, सक्षम, उत्तरदायी र दिगो बनाउने दिशामा अघि बढिरहेका छौँ। हाम्रो मूल दृष्टिकोण “सुरक्षित, सबल र दिगो साकोस” रहेको छ।
यस दृष्टिकोणलाई व्यवहारमा रूपान्तरण गर्न संस्थागत सुशासन, वित्तीय अनुशासन, पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता तथा सदस्यकेन्द्रित सेवामा विशेष जोड दिन आवश्यक छ। साकोस अभियानलाई संस्थागत, व्यावसायिक र अनुशासित बनाउँदै दिगो विकासको शिखरमा पुर्याउन सञ्चालक समिति, कर्मचारी, सदस्य तथा सम्पूर्ण सरोकारवालाहरूको एकीकृत प्रयास र सहकार्य अपरिहार्य छ।
बदलिँदो आर्थिक तथा सामाजिक परिवेशसँगै सदस्यहरूको आवश्यकता र अपेक्षासमेत परिवर्तन भइरहेका छन्। त्यसैले आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय वित्तीय सेवा, प्रभावकारी जोखिम व्यवस्थापन र नवीनतम सेवामार्फत सदस्यहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो प्रतिबद्धता रहेको छ।
हाम्रो संस्थाको समृद्धि केवल संस्थाको समृद्धि होइन; यो हाम्रा हजारौँ सदस्य, परिवार तथा समग्र समुदायको समृद्धिसँग जोडिएको विषय हो। यही विश्वासका साथ विश्वास, एकता, अनुशासन र सहकार्यलाई आत्मसात् गर्दै “सुरक्षित, सबल र दिगो साकोस” निर्माण गर्ने हाम्रो यात्रामा सबैको निरन्तर साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछु।
अन्त्यमा, बिन्धवासिनी साकोसप्रति विश्वास र निरन्तर साथ दिनुहुने सम्पूर्ण सदस्य, शुभेच्छुक, कर्मचारी, सञ्चालक तथा सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद।