बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. भकुण्डे सेवा कार्यालयको आयोजनामा मिति २०८२ साल पौष २५ गतेका दिन नमोबुद्ध नगरपालिका वडा नं ३, चरूवामा संस्थाको संचालक समिति सदस्य श्री सुनिता धितालको अध्यक्षतामा तथा सदस्य सेवा विभागका वरिष्ठ अधिकृत श्री सुदर्शन घिमिरेको सहजिकरण सदस्यता विस्तारीत मञ्च तथा सदस्य शिक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ ।
सेवा कार्यालय ब्यवस्थापन उप समितिका सचिव श्री लक्ष्मी प्रसाद दाहालले संचालन गर्नुभएको कार्यक्रममा संयोजक श्री रामशरण श्रेष्ठले कार्यक्रमको औचित्यता सहित स्वागत मन्तव्य र कार्यालय ब्यवस्थापक श्री प्रविन धितालले कार्यालयको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो ।नमोबुद्ध नगरपालिका वडा नं ३, चरूवा संस्थाद्वारा संचालित ३ वटा लघुवित्त समूह र १ वटा मिश्रित समूहमा आबद्ध शेयर सदस्यहरूलाई संस्थाको गतिविधि, वित्तीय अवस्था, भावी योजनाहरू र संस्था संचालनमा सदस्यहरूको भूमिकाबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा संस्थाको वर्तमान अवस्था, विद्यमान नीति नियमहरू, संस्थाले संचालन गरेका वित्तीय तथा गैरवित्तीय कार्यक्रमहरू, सदस्य सुरक्षण कार्यक्रम, मोबाइल बैकिङ, इटेलर, लघु विमाको बारेमा प्रस्तुतिकरण गरिएको थियो ।
सदस्यहरूलाई शिक्षित र सक्रिय बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सदस्यहरूबाट प्राप्त सुझाव, जिज्ञासाहरूलाई कार्यक्रमका अध्यक्ष तथा संस्थाको संचालक समितिका सदस्य श्री सुनिता धिताल र सदस्य सेवा विभागका वरिष्ठ अधिकृत श्री सुदर्शन घिमिरेले गर्नु भयो ।
कार्यक्रममा समिति, उप समितिका पदाधिकारी/सदस्य, कर्मचारी र शेयर सदस्यहरू सहित ५२ जनाको सहभागिता रहेको थियो ।

