आपतविपतमा सदस्य राहत कार्यक्रम

१. स्वास्थोपचार राहतः

सदस्य विरामी भई सरकारी,सामुदायिक वा शिक्षण अस्पतालमा उपचार गराएको अवस्थामा नियिमित बचतको २ गुणा वा अधिकतम रु. १०,०००।– सम्म दुई पटक राहत उपलव्ध गराउने व्यवस्था गरिएको छ

. पारिवारिक राहतः

सदस्यको परिवारको मृत्यु भएमा नियिमित बचत बराबर वा रु. ५०००।– सम्म ३ पटक राहत उपलव्ध गराउने व्यवस्था गरिएको छ

३. दैवी आपतविपतः 

विषम परिस्थितिमा वाहेक दैवी प्रकोपको कारणबाट सदस्यको सम्पत्तिको हानी नोक्सानी भएमा नियिमित बचत बराबर वा रु. ५०००।– देखि २०,०००।– सम्म राहत उपलव्ध गराउने व्यवस्था गरिएको छ

४. सदस्यको मृत्यु राहतः 

सदस्यको मृत्यु भएमा नियिमित बचतको २ गुणा वा अधिकतम रु. २०,०००।– सम्म हकवालालाई राहत उपलव्ध गराउने व्यवस्था गरिएको छ

५. नवजात शिशु तथा सुत्केरी राहतः

सदस्यको बच्चा जन्मिएमा रु. १०००।– सम्म नवजात शिशु तथा सुत्केरी राहत २ पटक सम्म उपलव्ध गराउने व्यवस्था गरिएको छ ।

नोटः नियमित बचत नभएका सदस्यले राहत सुविधा प्राप्त गर्न सक्ने छैन ।

बिन्धवासिनी विषेश उपचार सहयोग कार्यक्रम

    संस्थाले मुटु, क्यान्सर, वे्रनट्युमर, मृगौला जस्ता प्राणघातक रोग लागी सदस्यको उपचार गर्नुपर्ने अवस्थामा बिन्धवासिनी विशेष उपचारकोष संचालन कार्यविधि अनुसार नियमित बचतको आधारमा रु. २०,०००।– सम्म सहयोग स्वरुप राहत उपलव्ध गराउने व्यवस्था गरिएको छ ।