Frequently Asked Questions

१) सहकारी ऐन २०४८ तथा निययमाली २०४९ बमोजिम दर्ता भई संचालित समुदायमा आधारित सहकारी संस्था ।

२) नेपाल राष्ट्र बैकबाट सिमित बैकिङ्ग कारोबार गर्न स्वीकृत प्राप्त भएको सहकारी बैकिङ्ग कारोबार गर्न

३) समुहगत अवधारणाबाट संचालित ।

४) क्षेत्रगत अवधारणाबाट संचालित ।

५) कार्य क्षेत्र काठमाडौ , काभ्रे , ललितपुर र भक्तपुर जिल्ला भर भएकोले बिस्तार गर्न सक्ने ।

६) सदस्यलाई घरदैलोमा नै सेवा प्रदान गर्न सेवा केन्द्र स्थापना गरी संचालन ।

७) आपत विपतमा राहत कार्यक्रम संचालन गरी रु. ६१,०००।– र विशेष उपचार (गम्भिर प्रकृतिको रोग) २०००० गरी जम्मा ८१००० सम्म निशुःल्क राहत सहयोग प्राप्त गर्न

९) जिल्ला, राष्ट्रिय हुदै अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त तथा आवद्धता एक मात्र सहकारी संस्था ।

१०) सर्वोत्कृष्ट सहकारी पुरस्कार २०६६, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०६७ र अन्तर्राष्ट्रिय लघुवित्त प्रवद्र्धन पुरस्कार सन् २०१० प्राप्त एक मात्र संस्था ।

११) ACCESS  Branding Silver   प्राप्त गरी एशियाली मापदण्डमा पुगेको Sound & Safe सहकारी संस्था ।

१२) उठ्न बाँकी व्याज र भाखा नाघेका ऋण न्युन भएको संस्था ।

१३) नेपालका बचत तथा ऋण सहकारी संस्थाहरु मध्येबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार २०७० प्राप्त संस्था

१४)आधुनिक प्रविधिको प्रयोग गर्न सफल ।(डिजिटल सेवा)

१५) किसान २ कार्यक्रम मार्फत सदस्यलाई कृषि सम्वन्धि नयाँ प्रविधिको जानकार गराउन सफल

१६) काठमाडौ जिल्ला, ललितपुर जिल्ला र भक्तपुर जिल्ला पनि कार्यक्षेत्र वनाउन सफल

सदस्य बन्नको लागि संस्थाको कार्य क्षेत्र (काभ्रे, काठमाण्डौं, भक्तपुर, ललितपुर)भित्रको नागरिकता भएको नेपाली नागरिक हुनु पर्ने । संस्थाको पायक पर्ने सेवा कार्यालय (खोपासी, बनेपा, पनौती, ढुंखर्क, पाँचखाल, भकुण्डे, बानेश्वर) मा गई नागरिकता प्रमाण पत्र र शेयर आवेदन फारम भरि कुनै पनि पायक पर्ने कार्यालयबाट सदस्यता लिन सकिने छ ।

संस्थामा आवद्ध भए पछि शेयर सदस्यहरुले बचत गर्न सक्नुहुन्छ, आवश्यक परेमा ऋण पाउनु हुन्छ र संस्थामा आवद्ध भए पछि शेयर सदस्यहरुलाई संस्थाले विभिन्न प्रकारको सदस्य राहत कार्यक्रमबाट राहत सुविधा प्राप्त गर्न सक्नु हुन्छ ।

Bindhavasini Smart App

सदस्य मृत्य राहत, पारिवारिक राहत, स्वास्थ्य उपचार राहत, दैवि आपत विपत राहत, शिशु तथा सुत्केरी राहत, बिन्धवासिनी विषेश उपचार राहत

शेयर १ कित्ताको रु. १००।– , प्रवेश शुल्क रु. ५०।–, विन्धवासिनी विशेष उपचार कोष रु. १००।–, नियमित मासिक बचत रु. २००।–, जम्मा रु. ४५०।

सुरक्षणको लागि संस्थाले आफ्ना शेयर सदस्यहरुलाई तपसिलका राहत कार्यक्रम संचालन गर्दै आएको छ . १. स्वास्थोपचार राहतः सदस्य विरामी भई सरकारी,सामुदायिक वा शिक्षण अस्पतालमा उपचार गराएको अवस्थामा रु. १०,०००।– सम्म दुईपटक राहत उपलव्ध गराउने व्यवस्था गरिएको छ । २. पारिवारिक राहतः सदस्यको परिवारको मृत्यु भएमा रु. ५०००।– सम्म ३ पटक राहत उपलव्ध गरिएको छ । ३. दैवी आपतविपतः विषम परिस्थितिमा वाहेक दैवी प्रकोपको कारणबाट सदस्यको सम्पत्तिको हानी नोक्सानी भएमा रु. ५०००।– सम्म राहत उपलव्ध गराउने व्यवस्था गरिएको छ । ४. सदस्यको मृत्यु राहतः सदस्यको मृत्यु भएमा रु. २०,०००।– सम्म हकवालालाई राहत उपलव्ध गराउने व्यवस्था गरिएकोछ । ५. नवजात शिशु तथा सुत्केरी राहतः सदस्यको बच्चा जन्मिएमा रु. ५००।– सम्म नवजात शिशु तथा सुत्केरी राहत २ पटक सम्म प्रदान गर्नेव्यवस्था गरिएको छ । ६. विन्धवासिनी विषेश उपचार सहयोग कार्यक्रमः– संस्थाले मुटु, क्यान्सर, वे्रनट्युमर, मृगौला जस्ता प्राणघातक रोग लागी सदस्यको उपचार गर्नुपर्ने अवस्थामा विन्धवासिनी विशेष उपचारकोष संचालन कार्यविधि अनुसार नियमित बचतको आधारमा रु. २०,०००।– सम्म सहयोग स्वरुप उपलव्ध गराउने व्यवस्था गरिएको छ ।