साधारण बचत (General Saving)

न्यूनतम योग्यता
• सदस्यता कायम भएको ।
• १६ वर्ष पुरा भएको ।
विशेषताहरुः
• रु. १००।– बाट खाता खोल्न सकिने ।
• रु. ५००।– न्युन्त्तम मौज्दात राख्नु पर्ने ।
• दैनिक रु. ५,००,०००।– सम्म झिक्न सकिने ।
• ABBS सेवाको सुविधा
• अग्रिम जानकारी दिई जति पनि रकम झिक्न सकिने ।
• चेक बुक र पासबुक निःशुल्क उपलब्ध गराइने ।
• दैनिक मौज्दातको आधारमा त्रैमासिक व्याज प्राप्त हुने । शेयर लभांस रकम जम्मा हुने ।

नियमित बचत (Regular Saving)

न्यूनतम योग्यता
• सदस्यता कायम भएको ।
• १६ वर्ष पुरा भएको ।
विशेषताहरुः
• रु. २५।– वा रु. २५।– ले भाग जाने रकम बढिमा रु. २००।– सम्म जम्मा गर्न सक्ने व्यवस्था ।
• प्रत्येक महिनाको २० गते भित्र बुझाउन सक्ने व्यवस्था ।
• ५० वर्षको उमेर पुगे पछि न्यूनत्तम रु. १०,०००।– रकम राखेर निःशुल्क झिक्न सकिने व्यवस्था ।
• नियमित बचतको आधारमा संस्थाबाट राहत सुविधा उपलब्ध गराउने व्यवस्था ।
• दैनिक मौज्दातको आधारमा व्याज प्रदान गर्ने व्यवस्था ।

शैक्षिक बाल बचत (Educational Loan)

न्यूनतम योग्यता
• १६ वर्ष भन्दा कम उमेर भएको ।
विशेषताहरुः
• रु. १००।– वा १०० ले भाग जाने रकम मासिक जम्मा गर्न सकिने ।
• मासिक बचतको साथै जन्म दिन, पास्नी, ब्रतबन्ध, चाँडवाड आदि कार्यक्रममा जम्मा भएको रकम समेत जम्मा गर्न सकिने ।
• एस.सि.ई. उत्तीर्ण वा १६ वर्ष उमेर पुरा भएपछि एकमुष्ठ साँवा व्याज भुक्तानी लिन सकिने ।
• उच्च शिक्षाको लागि एकमुष्ट रकमको आवश्यकता पुरा गर्न सकिने ।
• एकमुष्ट रकमबाट व्यवसाय संचालन गरी स्वरोजगार बन्न सकिने ।
• उत्कृष्ट बचतकर्तालाई पुरस्कारको व्यवस्था ।

ज्येष्ठ सदस्य बचत (Senior Citizen Saving)

न्यूनतम योग्यता
• ५० वर्ष भन्दा बढि उमेर भएको ।
• सदस्यता कायम भएको ।
विशेषताहरुः
• न्युन्त्तम रु. १,०००।– बाट खाता खोल्न सकिने ।
• मासिक रु. १,०००।– वा सोले भाग जाने जति पनि रकम जम्मा गर्न सकिने
• न्यूनत्तम रु. १,०००।– मौज्दात राखी भुक्तानी लिन सकिने ।
• रु. १,००,०००।– भन्दा बढी बचत मौज्दात भएका सदस्यहरुलाई स्वदेशमा तीर्थ यात्राको कार्यक्रममा सहभागी गराईने ।

दैनिक बचत (Daily Saving)

न्यूनतम योग्यता
• सदस्यता कायम भएको ।
• १६ वर्ष पुरा भएको ।
विशेषताहरुः
• रु. ५।– वा रु. ५।– ले भाग जाने रकम ६ महिनासम्म दैनिक जम्मा गर्न सकिने ।
• दैनिक जम्मा गर्न नसकेमा मासिक एकमुष्ट बुझाउन सकिने ।
• समय अगावै रकम निकाल्नु परेमा ९० प्रतिशत रकम ऋण स्वरुप निकाल्न सकिने ।
• दैनिक मौज्दातको आधारमा व्याज प्रदान गरिने ।
• न्यूनतम रु. ५००।– मौज्दात राखी झिक्न सकिने ।

मुद्दति बचत (Fixed Deposit)


न्यूनतम योग्यता
• सदस्यता कायम भएको ।
• १६ वर्ष पुरा भएको ।
विशेषताहरुः
• न्युनतम रकम रु. १०००।– देखि जम्मा गर्ने सकिने ।
• मुद्दती रसिद निःशुल्क उपलब्ध गराईने ।
• मुद्दती रसिद धितो राखी ९०% सम्म ऋण सुविधा प्राप्त गर्न सकिने ।

पर्व बचत  (Festival Saving)


न्यूनतम योग्यता
• सदस्यता कायम भएको ।
• १६ वर्ष पुरा भएको ।
विशेषताहरुः
• दैनिक रु. २५।– वा २५ ले भाग जाने रकम जम्मा गर्न सकिने ।
• दैनिक जम्मा गर्न नसकेमा मासिक एकमुष्ट बुझाउन सकिने ।
• बचतको ९०% सम्म ऋण झिक्न सकिने ।
• महिनाको अन्तिम मौज्दातको आधारमा व्याज प्राप्त हुने ।
• न्यूनतम रु. ५००।– मौज्दात राखी झिक्न सकिने ।