19 Mar, 2026

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने र संस्थाप्रति सदस्यहरूको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले पाँचखाल स्थित पलाञ्चोक भगबती मन्दिरमा १ दिने जेष्ठ सदस्य तिर्थाटन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
संस्थाबाट उपाध्यक्ष, कोषाध्यक्ष, उपसमिति तथा कर्मचारीरु सहभागी भएका थिए । सहभागी जेष्ठ सदस्य सदस्यहरूले मन्दिर भ्रमणसँगै धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी प्राप्त गरेका थिए ।
कार्यक्रममा सबैको सक्रिय सहभागिताले यस भ्रमणलाई अझै सफल बनाएको छ । संस्थाले आगामी दिनहरूमा यस्ता सदस्य सुलभ कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने योजना बनाएको छ ।