Trusted Company

Get To Know About Us

Few Words About Our Bindhavasini SACCOS

Bindhavasini Saving and Credit Cooperative Society ltd is a community, Group and Member based co-operative society established on 27th December 1993 registered under cooperative Act 1991, approval from Nepal Rastra Bank with limited banking transaction on 24th October 1995. Collaboration with different institution like Rural Micro Finance Development Center, Central For Micro Finance(CMF), National Life Insurance Company ltd, Banepa Polytechnic Institute, Remit Companies etc. It provides income generation training (Long term & Short term), Micro Insurance facility, Micro training, Women Empowerment Program, Remittance facility in rural area. For the development of agriculture sector BISCOL appointed JTA staff and provide different training like modern technology on agriculture, procedures and its limit of fertilizer.

Members Testimonials

सफलताको कथा

हातमा सिप भएपछि भोको बस्नु पर्दैन । मेरो नाम मन्दिरा वाग्ले हो । म साविक महेन्द्रज्योति –७ काभ्रे हाल बनेपा न.पा.–१२ बास्डोलमा बस्छु । महेन्द्रज्योतिमा विन्धवासिनी बचत सहकारी संस्था हाल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले समुह (विपन्न महिला समुह) गठन गर्‍यो । त्यस भन्दा अगाडि कुनै समूह थिएन । बिन्धवासिनीको लघुवित्त महिला समूहमा म पनि आवद्ध भए । मेरो समूहको नाम कल्याणकारी महिला बचत समूह हो । समूह एकदमै राम्रो संग चलेको थियो । बिन्धवासिनी सहकारीले महिला समूह गठन गरेर व्यवसायिक कार्यको लागि सरल ब्याज दरमा ऋण उपलब्ध गराएको कारणले मलाई पनि धेरै सजिलो भयो । आफुलाई परेको समस्या समुहमा भन्दा सहजै समस्या समाधान हुन्थ्यो । मैले पनि त्यतिबेला देखि नै समूहको महत्व बुझन् थाले । म हाल यस समूहको कोषाध्यक्ष समेत रहेकी छु । समुहको बैठकमा तालिमको कुरा पनि उठ्थ्यो । के तलिम गर्ने भन्दा स्थानयि स्तरमानै पाउने बाँसको सामाग्री कुरा उठ्यो । तालिमको कुरा त्यति बेला मेरो गाउँमा विभिन्न तालिमको समन्वय र तालिमको आयोजना कमै हुने गरेको थियो । बिन्धवासिनी सहकारीले तालिमको समन्वय मेडेप सस्था संग गराइदिनु भयो । हाम्रो ठाउँमा वाँस धेरै पाईने तर उपयोग चाही कम हुने गरेको थियो । त्यति बेला एउटा बाँसको मूल्य रु २५ पर्दथ्यो । हाम्रो वाँस्डोलमा अरु ठाउँबाट नाङलो, डालो, डाली बुन्न तामाड.दाईहरु आउनु भएको थियो । उहाँहरुले नै त्यो बाँस किनेर लानु हुन्थ्यो । यति भएर पनि बाँसको धेरै प्रयोग हुन सकेको थिएन । अझ थप समन्वयको जिम्मेवारी महेन्द्रज्योति–७ की चण्डीका वाग्लेले तालिमको समन्वय र आवश्यक व्यवस्थापनको जिम्मेवारी लिनु भयो । उहाँ त्यतिवेला संस्थाको श्रृजनशिल महिला समूहको संयोजक तथा लघुवित्त उपसमितिमा आवद्ध हुनुहुन्थ्यो । हाल विन्धवासिनी साकोसको संचालक सदस्य एवं लघुवित्त उपसमितिको सचिव समेत हुनुहुन्छ । तालिमको समन्वय विन्धवसिनी बचत तथा ऋण सहकारी संस्थाबाट गराईदिनुभयो । तालिम आयोजना भयो । त्यो तालिमा बाँसको सामाग्रीबाट मुढा बनाउने, फोटो फ्रेम बनाउने, प्लाष्टिकको ढक्की बनाउने तालिम थियो । त्यसमध्ये पहिला कुन तालिम लिने छलफल गराईयो । मैले बाँसको सामाग्रीको तालिम लिने निधो गरे किनकी बाँस्डोलमा बाँस प्रशस्तै पाइन्छ । यसैले यो तालिम बाँस्डोलमा हुनु राम्रो थियो । त्यतिबेला हरेक महिलाहरु घरभित्र सिमित हेर्नु पर्दथ्यो तर पनि महिला भएर बाँसको सामाग्री बनाउने सिपमुलक तालिम लिनु भनेको समाजको लागि चुनौती थियो । तर आँट गरे घर परिवार र श्रीमान रामप्रसाद वाग्लेबाट पनि ठुलै सहयोग पाए । उहाँ पनि बिन्धवासिनी सहकारीको सदस्य समेत हुनुहुन्छ । तालिम लिने त १५, १६ जना हुनन्थ्यो । तालिम अवधि मैले निकै मिहनेतका साथ पुरा गरे । तालिम सिकाउन आउनु थएका व्यत्तिलाई मेरै घरमा खाने बस्ने व्यबस्था समेत मिलाई दिए जसले गर्दा अझ थप सिक्ने मौका पाए । अनि वाँसको मुढा बुन्न सुरु गर्न थाले त्यति बेला माग धेरै आयो तर मागलाई पु¥याउन धौ धौ प¥यो पछि पुर्णताजकी तालिम बुट्टा बनाउने तालिममा पनि सफलताका साथ भाग लिए । आर्थिक स्रोतको रुपमा यो तालिमले मलाई धेरै फाईदा ग¥यो । आफ्नो लागि खर्च गर्न सजिलो हुन थाल्यो । अरु साथीहरुले व्यवसायिक रुपमा गर्नु भएन मैले हाल सम्म त्यो पेशा निरन्तर गरिरहेकी छु । महिला भएर बाँस काट्नु हुदैन, पुरुषले लगाउने जनै बनाउनु हुदैन भन्ने समाजको मान्यतालाई चुनौती दिदै मैले पुरुषले लगाउने जनै समेत बनाउन थाले यसले गर्दा झन थप आर्थिक आम्दानीको स्रोत जुट्थ्यो । आफ्नो हातमा सिप भएपछि कहिले पनि भोको बस्नु पर्दो रहेनछ भन्ने कुरा मलाई विश्वास छ । नेपालमा आएको भुकम्पबाट घर भत्केर म हाल भैसीपाटी बनेपा न.पा. १३ मा भाडामा बसेकी छु । त्यहाँ पनि मैले मुढा बनाउने कामलाई निरन्तरता दिइरहेकी छु । एउटा मुढालाई ३५०/- मा बेच्ने गरेकी छु तर यहाँ बजारमा अन्य ठाउँबाट मुडा ल्याउनेहरुले सस्तोमा दिने गरेकाले बजारमा माग अलि कम छ तर गाउँमा नैै मात्र बढि छ किनकी मैले बनाएको मुडा धेरै बलियो भएकोले माग भइरहन्छ । हाल मेरो यसबाट वार्षिक आम्दानी ६०/७० हुने गरेको छ । म यहि पेशालाई अझ व्यवसायिक रुपमा निरन्तरता दिने सोच छ । यस पेशाले मेरो आर्थिक अवस्था राम्रो भएको छ । मलाई धेरै खुसी लागेको छ, हाल म अरुलाई पनि तालिम दिन सम्म सक्षम भएकी छु । यसको सहयोग समन्वय गराउने विन्धावसिनी सहकारी र संचालक सदस्य चण्डिका वाग्लेलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

मन्दिरा वाग्ले

सदस्य
 मन्दिरा वाग्ले

मेरो नाम केबल कुमारी तिमल्सिना हो । मेरो घर ढुंखर्क गा.बि.स. वडा नं.२ मा पर्छ । म मेरो सफलताको कथा यहाँहरुलाई सुनाउन गईरहेकी छु । २०५२ सालमा मेरो विवाह भयो त्यसताका मेरो घरपरिवारको आर्थिक अवस्था राम्रो थिएन गाँउका साहुमहाँजनहरुको थूप्रै ऋण रहेछ । घरमा केहि वस्तुभाउ समेत थिएन । मेरा श्रीमान शुदर्सन तिमल्सिनाले २०५७ सालतिर बिन्धवासिनी सहकारी संस्थामा ऋण लिई एउटा भैसी किन्नु भयो । त्यसपछी बिस्तार बिस्तार भैसी व्यापार गर्न थाल्नुभयो । हुदैजाँदा घरमा भएका लगातार तिन ओटा भैसी मरे । त्यसपछी श्रीमानले ससुरा चन्द्र प्रसादको समेतको जग्गा मञ्जुरीनामा लिई बिन्धवासिनी बाट ऋण थप्नु भयो । तर आर्थिक अवस्था राम्रो भएन, झन घाटा बढ्दै गयो, श्रीमानलाई कसैले विस्वास गर्न छाडे । संस्था तथा साहुमहाँजनहरुको ऋण तिर्न नसकी गाँउमा ब्स्न नसक्ने अवस्था श्रृजना भयो । श्रीमानको सल्लाहले हाँमी गाँउबाट कसैलाई थाह नदिई रातको समयमा काठमाडौ भाग्यौ । काठमाडौमा गएपछी मैले गार्मेन्टमा काम गर्न थाले, श्रीमान कुनै कम्पनीमा सेक्युरिटी गार्ड बस्नु भयो । मेरा २ ओटा बालबच्चा समेत भएकाहुँदा काम गर्न सकिन र काठमाडौमा टिक्न नसकी श्रीमानलाई काठमाडौमा छाडी म पनौतीमा बसी बदाम बिक्री गर्दै जिवन निर्वाह गरिरहेको थिएँ । बिन्धवासिनी सहकारी संस्थामा ऋण अवधि पुरा भई धितो लिलामकालागि हाम्रो तिनपुस्ते नामावली पत्रिकामा प्रकाशित भएको रहेछ । सो खबर पछी आफन्तहरुको सल्लाहले म घर फर्के । खानेकुरा केहि नहुँदा अलौटा मकै चपाएर ३ ओटा बच्चा लाई खुवाउथे । लिलामी हुने त हो भन्दै कोही आफन्तले घरको कोठावार फल्याक समेत लाने कुरा गर्न थाले । कसैले मकै त कसैले घाँसपात समेत छाडेनन् । त्यसपछी ढुंखर्क गा.बि.स. वडा नं.२ माहांकालडाँडामा बिन्धवासिनी सहकारी संस्थाको लघुवित्त समुह गठन गर्ने कुरा भयो म पनि बैठकमा गए र माहांकालडाँडा महिला बचत समुह गठन ग–यौ । समुहमा बस्न पैसा नहुँदा रु १०००।– ऋण लिई सदस्य बने । त्यस पछी समुहबाट रु १००००।–ऋण लिई एउटा गाई किने, गाईको दुधबेचेर किस्ता तिर्दै गए । त्यस पछी रु ३००००।– ऋण लिई तरकारी खेती शाुरु गरे पुःन रु.५००००।– ऋण लिई एउटा लैनो भैसी किने ,श्रीमानको पनि प्रमोशन भयो । मैले घरखर्च र समुहको ऋण तिर्दै गए भने ,श्रीमानको कमाईले संस्थाको ऋण तिर्दै गयौ । संस्था तथा साहुमहाँजनहरुको ऋण विस्तार तिर्दै गयौ, हामीलाई गाँउलेहरुले पनि बिश्वास गर्न थाले । बिन्धवासिनी सहकारी संस्थामा भएको श्रीमान तथा ससुरा समेतको जग्गा फुकुवा ग–यौ । कमाई राम्रो हुदै गयो ,घरायसी सरसामानहरु जोड्दै गयौ । हाम्रा दुःखका दिनहरु सकिदै गए, अहिले मेरा तिन ओटा बच्चाहरु राम्रो स्कुलमा पढ्दै छन् । बच्चाहरुलाई सिक्नकोलागि घरैमा कम्प्यूटर छ । रंगिन टि.भि. डिसहोम जडान गरेका छौ , गाँउका दिदिबैनीहरु च्यानल हेर्न हाम्रो घरमा आउनुहुन्छ । बिन्धवासिनी सहकारी संस्थामा केहि ऋण लिई एउटा सानो गाडी किनेर हस्पीटलमा ठेक्कामा दिएका छौ । अर्को एउटा यात्रुवाहक बस पनि किनेका छौ । शहरमा घडेरी किन्नकोलागि घरखर्चबाट बचेको रकम बिन्धवासिनी सहकारी संस्थामा बचत खातामा जम्मा गरेकी छु । आज मलाई यो अवस्थामा पुग्न सहयोग गर्ने बिन्धवासिनी सहकारी संस्थाले संचालन गरेको लघुवित्त कार्यक्रमको त्यहि माहांकालडाँडा महिला बचत समुह हो । हिजोका दिनहरुमा पेटभर खान नपुग्ने अवस्थाबाट आज मलाई यो अवस्थामा पु–याउने यहि बिन्धवासिनी सहकारी संस्था हो । अहिले पनि सानोदेखि ठुलो कामकोलागि संस्थामा नै धाँउने गरेककी छु । बिन्धवासिनी सहकारी संस्था मेरो भरोषा बनेको छ ।

केबल कुमारी तिमल्सिना

संयोजक
केबल कुमारी तिमल्सिना

मेरो जन्म बि.सं २०३० चैत्र ३० गते काभ्रेको कुशादेवीमा मध्यम बर्गिय परिवारमा भएको हो । आमा÷बुवाको ७ सन्तान मध्ये म काईली छोरी हु । हाम्रो ९ जनाको परिवार थियो । २०३२ सालमा हामी सबैजना पनौती आएर बसोबास गर्न थाल्यौ । हाम्रो पनौतीमा फर्निचर उद्योग भएको हुँदा बुवा फर्निचरमा काम गर्नुका साथै सहायक व्यवसायको रुपमा चिया पसल पनि थियो र आमाले पसल चलाउनु हुन्थ्यो । त्यसैको आम्दानीले घर खर्च र हामी सबैको पढाई लेखाईलाई पु¥याउनु पथ्र्यो । मैले श्री ईन्द्रेश्वर मा.बि पनौतीबाट २०४६ सालमा एस.एल.सी. परिक्षा उतिर्ण गरे । त्यसपछि पनि मलाई अरुले जस्तै कलेज गएर पढ्ने र केही गरेर देखाउछु भन्ने भाबना जागेको थियो तर के गर्नु त्यस बेलाको परिस्थिती, समय र आर्थिक स्थितिले गर्दा मैले आफ्नो इच्छाअनुसार पढाईलाई निरन्तरता दिन सकिन, घरमा मेरो बिहेको कुरा चल्न थाल्यो र बाध्यता बस मैले २०४७ साल बैशाख १५ गतेका दिन खोपासी स्थित रामेश्वर कोईरालासंग विवाह बन्धनमा बाधिनु प¥यो । घरमा म मेरो श्रीमान् लगाएत १० जनाको परिवार बस्थ्यौ । जेठाजुको एउटा सानो किराना पसल थियो । खेतीपाती र गाईको दुधको आम्दानीले घर खर्च धान्नु पथ्र्यो । मलाई खेतिपातीको काम केहि गर्न आउदैनथ्यो । बिस्तारै अलिअलि गरी काम सिक्दै गए । श्रीमान्को जागिर पनि थिएन दाजु भाईको जात सँगै बसेर पनि नसकिने रहेछ र २०४८ सालमा हामी भिन्नै बस्न थाल्यौ । बुढी आमा दमको रोगि हुनुहन्थ्यो, आमालाई हाम्रो चिन्ता थियो, आमाको उपचार खर्च धान्न हामीलाई साह्रै कठिन परेको थियो । त्यसपछि २०५१ सालमा हामी खोपासीमा तरकारी पसलको सुरुवात गर्यौ, एक बर्ष जति भएपछि खासै उपलव्धि नभएको जस्तो लागेर हामीले होटल राख्ने निर्णय गर्यौ र गाउँकै व्यतिmबाट १० हजार ऋण लिएर हामीले चिया, नास्ता खाना आदि सबै थोक राखेर हाटेल खोल्यौ । त्यसबाट राम्ररी आम्दानी हुन थाल्यो, घरमा वाख्रा÷बोका पनि पालेका थियौ । त्यसले गर्दा १ बर्षमा नै ऋण पनि तिरी सक्यौ । यसरी नै दिन बित्दै गए र गाउँका महिला दिदि बहिनीहरु मिलेर एउटा समुह गठन गर्ने निर्णय गर्यौ र २०५८ सालमा हामी ४० जना महिला दिदी बहिनी मिलेर मयलबोट आमा समुह भन्ने नाम दिएर एउटा समुह खोल्यौ । त्यसको बैठक प्रत्येक महिनाको ६ गते मेरै घरमा बस्न थाल्यौ । त्यसमा दलित महिला बिपन्न महिलाहरुलाई प्रथम प्राथमिकता दिएरै उनिहरुको आर्थिक स्थिति अनुसार रु २५ बाट हामीले बचतको सुरुवात गर्यौ । बचत त गरियो अब त्यो पैसा कहाँ लगेर राख्ने भन्ने बारे छलफल गरेर बिन्धबासिनीमा लगेर खाता खोल्यौ । यस संस्थाले बिपन्न दलित महिला दिदि बहिनीलाई लक्षित गरेर लघुबित कार्यक्रम सुरु गरेको थाहा पाएर हामी पनि लघुवित्त समुह आवद्ध भई बिभिन्न आयमुलक , सिपमुलक, तालिम प्राप्त गर्यौ । समुह राम्रोसँग चलाए बापत हाम्रो समुह पुरस्कृत पनि भयो । सबैलाई हौसला बढ्यो । हामिले बचत बढाएर मासिक रु १००।– जम्मा गर्न थाल्यौ । पहिला हामीलाई ५÷१० हजारको खाँचो पर्दा साहुकहाँ गएर चर्को व्याज तिरेर ऋण लिन बाध्य थियौ तर हामी यस संस्थामा बसेपछि ५० हजार रुपैया सम्म सजिलैसँग समुह जमानीमा सहुलियत व्याजदरमा ऋण प्राप्त सक्ने भएको हुँदा मैले पनि यस संस्थाबाट ऋण लिई किराना पसल संचालन गर्दै आएको छु । अहिले पसलको आम्दानीले मेरो ४ वटी छोरीहरुलाई राम्रै स्कुलमा पढाएर, घर खर्च पु¥याएको छु । साथै मासिक ऋणको किस्ता र व्याज तिरेर बिन्धबासिनीमा दैनिक बचत रु १०००।– पनि जम्मा गर्ने गरेको छु । थप आयश्रोत बृद्धिका लागि घरमा पशुपालन पनि गरेको छु । श्रीमानले पनि सबै काममा मद्धत गर्नु हुन्छ । यदि बिन्धबासिनीले लघुबित्त कार्यक्रम नल्याई दिएको भए हामी जस्ता आर्थिक स्थिति कमजोर हुनेहरुले त सधै साहुसँग चर्को व्याजदरमा ऋण लिएर व्याजै मात्रै कहिल्यै तिर्न सकिदैनथ्योहोला । साँवा पैसा त जस्ताको तस्तै बाँकी रहन्थ्यो यस्तो लघुबित कार्यक्रम ल्याएर बिपन्न महिलाको जिबनस्तर उकास्न सहयोग पु¥याउने यस संस्थालाई म आफ्नो र समुहको तर्फबाट मुरी मुरी धन्यबाद दिन चाहन्छु र संस्थाले ऋण दिदा, उसको आर्थिक स्थिति कस्तो छ, घर परिवारमा सल्लाह भएको छ छैन, ऋणको सही सदुपयोग भएको छ कि छैन, कस्तो काममा प्रयोग गर्न लागेको हो भन्ने सबै जानकारी लिएर मात्र ऋण लगानी गरेकोले संस्थापनि सफल भयो र हामी जस्ता लघुबित्त समुहमा आबद्ध महिला पनि सफल भएका छौ । यो सफलता संगसंगै सदस्यहरुको आर्थिक स्थिति र तिर्ने सक्ने क्षमता हेरेर विना धितो रु १ लाखसम्म पु¥याउन समुहमार्फत अनुरोध गरेका थियौ र हाम्रो अनुरोधलाई संचालक समितिवाट मनासिव देखेर अहिले संस्थाले विनाधितो समुहजमानीमा १ लाख रुपैया सम्म लगानी गर्न थालेको छ जसले विपन्न महिला दिदिवहिनीहरुलाई अहिलेको अवस्था अनुसार सामान्य व्यवसाय संचालन गर्नको लागि साहुको चाकडी गर्नुपर्ने अवस्था छैन । मैले अहिले धितोमा ऋण लिएर एउटा सानो पक्कि घर बनाएको छु । त्यही पसलकै आम्दानीले महिनामा ब्याज साँवा गरी तिर्दै आएको छु । यस संस्थाले गर्दा अहिले म र मेरो परिवारलाई जिबिका चलाउन धेरै सजिलो भएको छ । सदस्यहरुको हितलाई ध्यानमा राखेर यस संस्थाले लघुअमृत बिमा, लघुउद्यम तालिम तथा विभिन्न राहत कार्यक्रमको पनि संचालनमा ल्याएको छ । यसका लागी संस्थाप्रति आभार व्यक्त गर्दै आगामीदिनहरुको ग्रामिण भेगामा पिछडिएका विपन्न महिलादिदिवहिनको नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्नेछ भन्ने अपेच्छा पनि गर्दछु ।

सन्तोष कोईराला

सदस्य
सन्तोष कोईराला