-
बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थामा सदस्य कसरी बन्न सकिन्छ र के के विवरण आबश्यकता पर्छ ?
सदस्य बन्नको लागि संस्थाको कार्य क्षेत्र (काभ्रे, काठमाण्डौं, भक्तपुर, ललितपुर)भित्रको नागरिकता भएको नेपाली नागरिक हुनु पर्ने । संस्थाको पायक पर्ने सेवा कार्यालय (खोपासी, बनेपा, पनौती, ढुंखर्क, पाँचखाल, भकुण्डे, बानेश्वर) मा गई नागरिकता प्रमाण पत्र र शेयर आवेदन फारम भरि कुनै पनि पायक पर्ने कार्यालयबाट सदस्यता लिन सकिने छ ।
-
संस्थामा सदस्य बने पछि के के सुविधा पाईन्छ ?
संस्थामा आवद्ध भए पछि शेयर सदस्यहरुले बचत गर्न सक्नुहुन्छ, आवश्यक परेमा ऋण पाउनु हुन्छ र संस्थामा आवद्ध भए पछि शेयर सदस्यहरुलाई संस्थाले विभिन्न प्रकारको सदस्य राहत कार्यक्रमबाट राहत सुविधा प्राप्त गर्न सक्नु हुन्छ ।
-
संस्थाको Moble Banking Playstore मा कुन नाममा रहेको छ ?
Bindhavasini Smart App
-
संस्थाले सदस्य राहत सुविधा कुन कुन शिर्षकमा प्रदान गर्दछ ?
सदस्य मृत्य राहत, पारिवारिक राहत, स्वास्थ्य उपचार राहत, दैवि आपत विपत राहत, शिशु तथा सुत्केरी राहत, बिन्धवासिनी विषेश उपचार राहत
-
संस्थाको शेयर सदस्य लिदाँ कति रकम बुझाउनु पर्छ ?
शेयर १ कित्ताको रु. १००।– , प्रवेश शुल्क रु. ५०।–, विन्धवासिनी विशेष उपचार कोष रु. १००।–, नियमित मासिक बचत रु. २००।–, जम्मा रु. ४५०।
-
संस्थाले सदस्य राहत कार्यक्रममा जम्मा कति राहत प्रदान गदर्छ ?
सुरक्षणको लागि संस्थाले आफ्ना शेयर सदस्यहरुलाई तपसिलका राहत कार्यक्रम संचालन गर्दै आएको छ . १. स्वास्थोपचार राहतः सदस्य विरामी भई सरकारी,सामुदायिक वा शिक्षण अस्पतालमा उपचार गराएको अवस्थामा रु. १०,०००।– सम्म दुईपटक राहत उपलव्ध गराउने व्यवस्था गरिएको छ । २. पारिवारिक राहतः सदस्यको परिवारको मृत्यु भएमा रु. ५०००।– सम्म ३ पटक राहत उपलव्ध गरिएको छ । ३. दैवी आपतविपतः विषम परिस्थितिमा वाहेक दैवी प्रकोपको कारणबाट सदस्यको सम्पत्तिको हानी नोक्सानी भएमा रु. ५०००।– सम्म राहत उपलव्ध गराउने व्यवस्था गरिएको छ । ४. सदस्यको मृत्यु राहतः सदस्यको मृत्यु भएमा रु. २०,०००।– सम्म हकवालालाई राहत उपलव्ध गराउने व्यवस्था गरिएकोछ । ५. नवजात शिशु तथा सुत्केरी राहतः सदस्यको बच्चा जन्मिएमा रु. ५००।– सम्म नवजात शिशु तथा सुत्केरी राहत २ पटक सम्म प्रदान गर्नेव्यवस्था गरिएको छ । ६. विन्धवासिनी विषेश उपचार सहयोग कार्यक्रमः– संस्थाले मुटु, क्यान्सर, वे्रनट्युमर, मृगौला जस्ता प्राणघातक रोग लागी सदस्यको उपचार गर्नुपर्ने अवस्थामा विन्धवासिनी विशेष उपचारकोष संचालन कार्यविधि अनुसार नियमित बचतको आधारमा रु. २०,०००।– सम्म सहयोग स्वरुप उपलव्ध गराउने व्यवस्था गरिएको छ ।
Call us at
011-660965
Email:
info@biscol.org.np