प्रश्नोत्तर
बारम्बार सोधिने प्रश्नहरू
हाम्रा सेवाहरूको बारेमा सामान्यतया सोधिने प्रश्नहरूको जवाफ पाउनुहोस्
सहकारी ऐन २०४८ तथा नियमावली २०४९ बमोजिम दर्ता भई सञ्चालित समुदायमा आधारित सहकारी संस्था। नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोबार गर्न स्वीकृति प्राप्त। समूहगत र क्षेत्रगत अवधारणाबाट सञ्चालित। कार्यक्षेत्र काठमाडौं, काभ्रे, ललितपुर र भक्तपुर जिल्ला। सेवा केन्द्रमार्फत सदस्यलाई घरदैलोमै सेवा। आपत विपतमा रु. ६१,०००।– र विशेष उपचार रु. २०,००० गरी जम्मा रु. ८१,००० सम्म निःशुल्क राहत। जिल्ला, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका पुरस्कार प्राप्त एकमात्र सहकारी संस्था (सर्वोत्कृष्ट सहकारी पुरस्कार २०६६, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०६७, अन्तर्राष्ट्रिय लघुवित्त प्रवर्द्धन पुरस्कार सन् २०१०)। ACCESS Branding Silver प्राप्त।
सदस्य बन्नको लागि संस्थाको कार्यक्षेत्र (काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर) भित्रको नागरिकता भएको नेपाली नागरिक हुनुपर्छ। नजिकको सेवा कार्यालय (खोपासी, बनेपा, पनौती, ढुंखर्क, पाँचखाल, भकुण्डे, बानेश्वर) मा गई नागरिकता प्रमाणपत्र र शेयर आवेदन फारम भरी सदस्यता लिन सकिन्छ।
संस्थामा आबद्ध भएपछि शेयर सदस्यहरुले बचत गर्न सक्नुहुन्छ, आवश्यक परेमा ऋण पाउनुहुन्छ, र विभिन्न प्रकारका सदस्य राहत कार्यक्रमबाट राहत सुविधा प्राप्त गर्न सक्नुहुन्छ।
Bindhavasini Smart App
सदस्य मृत्यु राहत, पारिवारिक राहत, स्वास्थ्य उपचार राहत, दैवी आपत विपत राहत, शिशु तथा सुत्केरी राहत, र बिन्धवासिनी विशेष उपचार राहत।
शेयर १ कित्ताको रु. १००।–, प्रवेश शुल्क रु. ५०।–, बिन्धवासिनी विशेष उपचार कोष रु. १००।–, नियमित मासिक बचत रु. २००।– — जम्मा रु. ४५०।–
१. स्वास्थोपचार राहतः सदस्य विरामी भई सरकारी, सामुदायिक वा शिक्षण अस्पतालमा उपचार गराएको अवस्थामा रु. १०,०००।– सम्म दुई पटक राहत उपलब्ध। २. पारिवारिक राहतः सदस्यको परिवारको मृत्यु भएमा रु. ५,०००।– सम्म ३ पटकसम्म राहत। ३. दैवी आपत विपतः दैवी प्रकोपबाट सदस्यको सम्पत्तिको हानि-नोक्सानी भएमा रु. ५,०००।– सम्म राहत। ४. सदस्यको मृत्यु राहतः सदस्यको मृत्यु भएमा हकवालालाई रु. २०,०००।– सम्म राहत। ५. नवजात शिशु तथा सुत्केरी राहतः सदस्यको बच्चा जन्मिएमा २ पटकसम्म रु. ५००।– सम्म राहत। ६. बिन्धवासिनी विशेष उपचार सहयोग कार्यक्रमः मुटु, क्यान्सर, ब्रेन ट्युमर, मृगौला जस्ता प्राणघातक रोगको उपचारमा नियमित बचतको आधारमा रु. २०,०००।– सम्म सहयोग।
तपाईंले खोजिरहेको भेट्नुभएन?
सम्पर्क गर्नुहोस्