बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. (BISCOL) समुदायमा आधारित, समूह र सदस्य आधारित सहकारी मोडेल लघुवित्त संस्था हो, जुन मिति २०५०/०९/१२ (27 December 1993) मा सहकारी ऐन बमोजिम दर्ता भई स्थापना भएको हो (दर्ता नं. 110/050/051, PAN 301720083)। नेपाल राष्ट्र बैंकको स्वीकृतिमा मिति 24 October 1995 देखि सीमित बैंकिङ्ग कारोबार सुरु गरेको हो।
दृष्टिकोण (Vision): "गुणस्तरीय, व्यावसायिक र दिगो वित्तीय सहकारी"।
लक्ष्य (Mission): सहकारी मूल्य-मान्यतामा आधारित अधिकतम प्रविधिको प्रयोग गरी सबै वित्तीय तथा गैर-वित्तीय सेवामार्फत सदस्यहरुको जीवनस्तर सुधार गर्ने।