आज मिति २०८२ चैत्र ५ गते विहीवारका दिन यस बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले Global Money Week 2026 को अवसरमा बनेपा स्थित विद्या सागर माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम बनेपा सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक मोहन प्रसाद होमागाईज्युको सभापतित्व एवं संचालक समितिका कोषाध्यक्ष भिम वहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा एवं संस्थाका समिति उपसमिति, कर्मचारी एवं विद्यालयका शिक्षक एवं ९ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा सुसम्पन्न भएको छ ।
बालबालिका र युवामा वित्तीय साक्षरता अभिबृद्धि गर्ने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ९ कक्षामा अध्ययरत ९० भन्दा वढी विद्यार्थी भाई बहिनीहरुको सहभागीता रहेको उक्त कार्यक्रमको सहजीकरण संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले गर्नुभएको थियो भने कार्यक्रम संचालन सेवा कार्यालय व्यवस्थापन उपसमितिका सचिव सोनु लामाले गर्नुभएको थियो ।


