25 Feb, 2026

मिति २०८२।११।१० गते बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.का पदाधिकारी, उप–समिति सदस्य, कर्मचारी तथा सदस्यहरूको सहभागितामा काठमाडौंमा रहेको सहकारी अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को संस्थागत सुशासन, वित्तीय अनुशासन, सदस्य सेवा प्रणाली तथा सफल अभ्यासहरूको अध्ययन गरिएको थियो । त्यस्तै चन्द्रागिरि हिल्स मा भालेश्वर मन्दिर भ्रमणमार्फत धार्मिक तथा पर्यटकीय व्यवस्थापन, केबलकार सेवा तथा पूर्वाधार व्यवस्थापन सम्बन्धी अनुभव हासिल गरिएको थियो ।
कार्यक्रमले सहभागीहरूमा व्यावसायिक दक्षता अभिवृद्धि, नयाँ सोच तथा संस्थागत सुधारका लागि प्रेरणा प्रदान गरेको विश्वास व्यक्त गरिएको छ ।