बिन्धबासिनी वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुको व्यवसाय व्यवस्थित र विस्तार गराउने उदेश्यले दूई दिने उद्यमशिलता विकास तालिम सफलता पूर्वक सम्पन्न गरेकोछ । राष्ट्रिय सहकारी बैंक लि.को प्राविधिक सहयोगमा गत जेठ २० र २१ गते संचालन भएको उक्त तालिममा सहकारी संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले प्रशिक्षण दिनु भएको थियो ।


४१ जना सदस्यहरुको सहभागिता रहेको उक्त तालिममा सदस्यहरुले उद्यमशिलता विकास, आफ्नो व्यबसायको व्यबस्थापन, आम्दानी र खर्च हिसाव राख्ने, वित्तीय अनुशासन, बजार व्यबस्थापन तथा आय आर्जनका अवसरको खोजी सम्बन्धी व्यबहारिक ज्ञान र सिपका बारेमा जानकारी पाएका थिए । सस्थाका उपाध्यक्ष एवं शिक्षा तथा तालिम उप समितिका संयोजक रामहरि शर्मा तिमल्सिनाको सभापत्विमा भएको उक्त तालिमका प्रमुख अतिथि बिन्धवासिनी बचत तथा सहकारी संस्था लि.का अध्यक्ष शान्तकुमार श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नु हुदै सिकेका कुरालाई व्यवहारमा लागू गर्न अनुरोध गर्नु भएको थियो । राष्ट्रिय सहकारी बैंक बनेपा शाखाका प्रवन्धक उपेन्द्र दाहालले बिन्धवा सिनी सहकारी संस्था जिल्लाकै मात्र नभएर राष्ट्रकै नमूना सहकारी संस्था भएको र तालिममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य र सहयोग गर्ने विचार व्यक्त गर्नु भएको कार्यक्रम वरिष्ठ अधिकृत सुदर्शन घिमिरेले संचालन गर्नु भएको थियो ।

सहकारी संस्थाका कोषाध्यक्ष भिमबहादुर खत्री, संचालक केशव थापा, प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङ्तान, पनौती सेवा कार्यालयका व्यवस्थापक रामचन्द्र थापा लगायतको उपस्थिती रहेको तालिममा सहभागीको तर्फबाट गीता सापकोटा र जमुना हुमागाई बञ्जाराले तालिम एकदमै उपलब्धि मूलक भएको र व्यबसाय संचालन र विकास गर्न प्रेरणा मिलेको अनुभव सुनाउनु भएको थियो ।

